डोटीमा भत्कियो गठबन्धन : कांग्रेसले उम्मेद्वार उठाएपछि नेकपा एस र माओवादीलाई सकस


ओकेजनता डेस्क
१२ बैशाख २०७९, सोमबार

काठमाडौं । पार्टीमा चर्को असन्तुष्टिपछि नेपाली कांग्रेस डोटीले सबै स्थानीय तहमा आफ्ना उम्मेद्वार खडा गरेको छ । हालसम्मको जानकारी अनुसार बोगटान–फूडसिल गाउँपालिकामा डिलबहादुर बम र बडिकेदार गाउँपालिकामा भैरव साउँदलाई गाउँपालिका अध्यक्ष उम्मेद्वारको टिकट दिइएको छ ।

कांग्रेस नेतृत्वले चोरबाटोबाट टिकट दिएको भन्दै केही नेता, कार्यकर्ताहरुले असन्तुष्टि जनाइरहेका छन् । यद्यपि पार्टीले आफ्नो उम्मेद्वार उठाएकोमा उनीहरु प्रशन्न भएका छन् । डोटीमा लामो समयदेखि कांग्रेसले विजय हासिल गर्दै आएको छ ।

बोगटान–फुडसिल गाउँपालिकामा यसअघि पराजित भोगेको कांग्रेस यसपाली जित्ने दाउमा रहेको छ । बडिकेदार भने कांग्रेसको आधार क्षेत्र हो । कांग्रेसले गठबन्धन तोडेर आफ्ना उम्मेद्वार तय गरेपछि माओवादी र नेकपा एकीकृत समाजवादी कमजोर भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्