डोटीमा कांग्रेसभित्र वार, गठबन्धन स्वीकार्य नहुने अडान


ओकेजनता डेस्क
१२ बैशाख २०७९, सोमबार

काठमाडौं । डोटीमा गठबन्धनबीच भएको भागबण्डाका कारण कांग्रेस कार्यकर्तामा निराशा छाएको छ । डोटीको वस्तुस्थिति नै नबुझी प्रधानमन्त्री एवम् पाटी सभापति शेरबहादुर देउवाको निर्देशनमा गठबन्धनमा हस्ताक्षर गरिएको भन्दै कांग्रेस नेता, कार्यकताहरु रुष्ट भएका हुन् ।

उनीहरुले डोटी कांग्रेस नेतृत्वमाथि नै नैतिक प्रश्न खडा गरेका छन् । कसैको कुर्सी बचाउन र जोगाउनका निम्ति प्रजातान्त्रिक आन्दोलनमाथि धावा बोल्न नमिल्ने कांग्रेस कार्यकर्ताहरुको तर्क छ । गठबन्धनमा सहमति गरिएसँगै नेता, कार्यकर्ताहरुले आफ्नो उम्मेद्वारी दिने तयारी गरेका छन् ।

पछिल्लो समय कांग्रेसका नेताहरुमा केन्द्रबाट लादेको निर्णयमा हस् गर्ने बानी विकास भएको छ । स्थानीयस्तरमा आफ्नो हैसियतलाई नजरअन्दाज गर्दा कांग्रेस घाटामा जाने आंकलन गरिएको छ ।

डोटीमा गठबन्धनबीच भएको सहमति यस्तो छ :

नेपाली कांग्रेस लाई

१. दिपायल सिलगढी नगर पालिका
२. शिखर नगरपालिका
३. सायल गाउँपालिका
४. केआई सिंह गाउँपालिका
माओवादी केन्द्रलाई
१. बोगटान फुड्सिल गाउँपालिका
२. आदर्श गाउँपालिका
३. जोरायल गाउँपालिका
समाजबादी लाई
१. बडि केदार गाउँ पालिका
२. पुर्बीचौकी गाउँपालिका

प्रतिक्रिया दिनुहोस्