एक कांग्रेस कार्यकर्ताले अर्को कार्यकतालाई गरे निर्घात कुटपिट


ओकेजनता डेस्क
११ बैशाख २०७९, आईतवार

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरको दावी गरेका रोशन पाण्डेमाथि आक्रमण भएको छ । आइतबार साँझ काँग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ ।

पाण्डेको बेनपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपा भिलेज रिसोर्टमा बैठक बसिरहेको बेला उनीमाथि आक्रमण भएको थियो । रोशन पाण्डे काँग्रेस निकट क्रियाशील पत्रकार समेत हुन् ।

टिकट वितरणबारे निर्णायक छलफल भइरहँदा अर्को समूहले अचानक मास आक्रमण गरेको बताइएको छ । आक्रमणबाट पाण्डेका शरीरमा चोटपटक लागेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको बताए ।

नमोबुद्ध नगरपालिकामा टिक वितरणबारे कांग्रेसभित्र आन्तरिक विवाद थियो ।

 

प्रतिक्रिया दिनुहोस्