चर्चित गायक टंक तिमिल्सिनाले दिए मेयर पदमा उम्मेद्वारी


ओकेजनता डेस्क
११ बैशाख २०७९, आईतवार

काठमाडौं । पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।

पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उनले मनोनयन दर्ताका लागी निवेदन दिएका हुन ।

नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।

आफूले जितेमा नगरलाई देशकै नमुना नगरपालिका बनाउने उनको भनाई छ । तिमिल्सिना लामो समयदेखि नेपालको सांगितिक क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्