दिपायल–सिलगढी नगरको मेयरमा एमालेबाट शालीन नेता मलासी उम्मेद्वार


ओकेजनता डेस्क
११ बैशाख २०७९, आईतवार

काठमाडौं । डोटीको दिपायल सिलगढी नगरपालिकामा एमालेका तर्फबाट मेयर पदमा चर्चित नेता लक्ष्मण मलासी सर्वसम्मत उम्मेद्वार चयन हुनुभएको छ । लामो समय एमालेको राजनीतिमा सक्रिय मलासी शालिन र भद्र नेताको रुपमा पनि परिचित हुनुहुन्छ ।

पार्टी विघटनको बेला डोटीमा एमाले जोगाउन तल्लीन बन्नुभएका मलासीलाई त्यहाँका जनताले ईमान्दार नेताको रुपमा हेरेका छन् । पार्टी र दलगत स्वार्थमा कहिल्यै नमुछिएका नेता मलासीले डोटी घर भई काठमाडौंमा अध्ययनरत विद्यार्थी तथा रोजगारी खोज्दै आउने नागरिकलाई विभिन्न स्थानमा जागिर लगाउन पनि सहयोग गर्नुभएको छ ।

स्वच्छ र ईमान्दार नेताले डोटीमा एमालेबाट टिकट पाएको भन्दै त्यहाँका नेता, कार्यकर्ताहरु खुसी छन् । उनीहरुले जिल्ला नेतृत्वलाई पनि बधाई दिएका छन् । दिपायल सिलगढी नगरपालिकामा यसअघि पनि एमालेले जित हासिल गरेको थियो ।

यसपाली पनि दिपाय सिलगढी नगरपालिकामा गठबन्धन नहुने भएपछि एमालेको जित पक्का जस्तै रहेको आंकलन गरिएको छ । एमालेबाट विद्रोह गरेर गएको नेकपा एकीकृत समाजवादी डोटीमा न्यून रहेको छ । नगर उपप्रमुख पदको उम्मेद्वारमा दिपा कठायत छन् ।

प्रतिक्रिया दिनुहोस्