काठमाडौं । आज र भोलि स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । स्थानीय तहका विभिन्न पदमा मनोनयन दर्ता गर्ने उम्मेदवारहरूले विभिन्न प्रतिबद्धता व्यक्ति गर्नुपर्नेछ ।
निर्वाचन आयोगले उम्मेदवारहरुका लागि १८ प्रकारका प्रतिबद्धता व्यक्त गरेर निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । ती प्रतिबद्धता यस्ता छन् ।
१। संविधानप्रति निष्ठावान रहेको घोषणा गर्नुपर्नेछ ।
२। २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको घोषणा गर्नुपर्नेछ ।
३। सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको घोषणा गर्नुपर्नेछ ।
४। स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको घोणा गर्नुपर्नेछ ।
५। सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्नेछ ।
६। सरकारी कोषबाट कुनै लाभको पद धारण नगरेको घोणा गर्नुपर्नेछ ।
७। कुनै सजाय पाएको भए तोकिएको अवधि पूरा गरेको र कालो सूचीमा नपरेको घोषणा गर्नुपर्नेछ ।
८। मनोनयन पत्र साथ पेस गर्नुपर्ने सबै कागजात पेस गरेको घोषणा गर्नुपर्नेछ ।
९। प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम नरहेको घोषणा गर्नुपर्नेछ ।
१०। मनोनयन पत्र साथ पेस गरेको सम्पत्ति विवरण साँचो रहेको घोषणा गर्नुपर्छ ।
११। स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।
१२। स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको । ९तर आफू उम्मेदवार हुने बाहेकका स्थानीय ठेक्कापट्टाको हकमा यो नियम लागू नगर्नू भनी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।०
१३। सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।
१४। विदेशको स्थायी आवासीय अनुमति पत्र नलिएको घोषणा गर्नुपर्नेछ ।
१५। न्यायिक वा अर्धन्यायिक निकायको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्नेछ ।
१६। निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।
१७। सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको घोणा गर्नुपर्नेछ ।
१८। संविधान, कानुन र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।