काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना आलेमगरसहित दुईको मृत्यु


ओकेजनता डेस्क
११ बैशाख २०७९, आईतवार

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान खहरे चोकबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा।५० प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार ओखलढुंगाको सुनकोशी–६ घर भएका ३२ वर्षीय कमल आले मगर र २१ वर्षका गोपाल आले मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक मध्ये एकजना चालक हुन् । तर, कसले मोटरसाइकल चलाएका थिए भन्ने खुल्न सकेको छैन् ।

दुर्घटनापछि उपचारको क्रममा ट्रमा सेन्टरमा उनीहरुको मृत्यु भएको हो । उनहरु दुवैजना बौद्धको नयाँ बस्तिमा बस्दै आएका थिए । दुर्घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्