काठमाडौं । माओवादी केन्द्रका विभिन्न जिल्लाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।
पछिल्लो समय राजनीतिक वैचारिक स्खलन र कार्यदीशा अस्पष्ट भएको भन्दै माओवादी नेताहरुले राजीनामा गरेका हुन् । एमसीसीजस्तो राष्टघाती सम्झौताको विरोधस्वरुप पनि राजीनामा बुझाएको नेता राम लामाले ओकेजनतालाई जानकारी दिनुभयो ।
माओवादीभित्र गम्भीर संगठनात्मक समस्या देखिएको भन्दै बेलाबेला सुधारको माग गर्दा पनि नेतृत्वले कुनै सुनुवाई नगरेको उनीहरुको आरोप छ । पार्टीमा वैचारिक भन्दा पनि व्यक्तिवादी सोच हाबी भएको उनीहरुको आरोप छ ।
नेतृत्वले बेलगाम स्वेच्छाचारी ढंगले पार्टी हाँक्न खोजेपछि दुर्घटनाको भय हुँदै गएको नेताहरुको विश्लेषण छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिएका बेला माओवादीलाई ठूलो धक्का लागेको छ । राजीनामा बुझाउनेमा रामेछाप, सिन्धुपाल्चोक लगायतका जिल्लाका नेताहरु रहेका छन् ।