आउँदो बैशाख १२ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय


ओकेजनता डेस्क
१० बैशाख २०७९, शनिबार

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बैशाख १२ गते सोमवार सार्वजनीक विदा दिएको छ । २०७२ सालमा सोही गाउँपालिकाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

भूकम्पमा परी ज्याःन गुमाएकाहरुको स्मृतिमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए । वैशाख १२ गते सोमबार गाउँपालिका भित्रका सबै कार्यालय, वित्तिय संस्था, विद्यालय बन्द हुनेछन् ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै उक्त दिन बिदा दिने निर्णय गरेको हो । बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरको भूकम्पमा परी ७२ जनाले ज्याःन गुमाएका थिए भने झण्डै १२ सय घरधुरी रहेको बारपाकका सबैजसो घर ढलेका थिए ।

प्रतिक्रिया दिनुहोस्