जसलाई हाँसोको पात्र बनाए उसैलाई भेट्दा…


ओकेजनता डेस्क
१० बैशाख २०७९, शनिबार

काठमाडौं । जसलाई हाँसोको पात्र बनाएका हाँस्यकलाकार मनोज गजुरेलले डब्लुएचओका डा टेड्रोस अधोनम गेब्रेससलाई भेटेर खुसी भएको बताएका छन् ।

जसलाई पात्र बनाएर हास्यब्यङ्ग्य गरिन्छ, उसैले भेट गर्न बोलाउनु एक कलाकारकालागि ठुलो सम्मान र खुसीको कुरो हो । अझ नेपालजस्तो सानो देशबाट पनि ठुल्ठुला विश्व नेताहरुलाई बिषय बनाएर पब्लिक मेसेज दिएकोमा बधाई पाउनु, त्यो पनि एक अन्तरास्ट्रिय व्यक्तित्वबाट यो झन् देशकै लागि खुसीको कुरा हो । मिठो हास्य चेत, अत्यन्तै भद्र स्वभाव र मित्रवत ब्यवहार सहितका डा टेड्रोस अधोनम गेब्रेससलाई धन्यबाद तथा नमस्कार

🙏

प्रतिक्रिया दिनुहोस्