ओलीको कुर्सीको एउटा खुट्टा भाँचियो, मेरो जोडियो


ओकेजनता डेस्क
१० बैशाख २०७९, शनिबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको भविष्य नरहेको भन्दै सबैलाई विद्रोह गरेर आफूतिर आउँन आग्रह गरेका छन् ।

शनिबार पार्टी कार्यालयमा पिताम्बर तिम्सिना लगायत एमालेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष नेपालले नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह रहेको बताए ।

अध्यक्ष नेपालले भने–नेकपा एस नै नेपालको कम्युनिस्ट आन्दोलनका मूल प्रवाह हो,एमाले बनाउने ५ जनामध्येका ३ जना हामी एकै ठाउँमा छौं । त्यो एमाले भन्ने केपी ओली गुटको भविष्य छैन । अझै पनि पैसा र शक्तिको मात छ ।

पिताम्बर तिम्सिना नेकपा एसमा प्रवेश गरेपछि केपी ओलीको कुर्सीको एउटा खुट्टा भाँचिएको भन्दै नेपालले अर्को खुट्टा पनि बलियो नरहेको र किसान श्रेष्ठ प्रेम आलेहरुले छाडेपछि धर्ममराईसकेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्