राजदूत हुँदा मानव तस्करीको आरोप लागेकी शेर्पा एमाले प्रवेश, ओलीको स्वागत


ओकेजनता डेस्क
१० बैशाख २०७९, शनिबार

काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छन्।

नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधान सभाकी सदस्यसमेत रहेकी शेर्पालाई खादा ओढाएर पार्टीमा स्वागत गरे।

शेर्पा यसअघि एमालेमै थिइन्। पछि उनी माओवादी प्रवेश गरेकी थिइन्। २०६४ सालको संविधान सभामा उनी एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

माओवादीमै हुँदा उनी अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। मानव तस्करीको आरोप लागेपछि शेर्पालाई केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ मंसिरमा फिर्ता बोलाएको थियो।

यसैगरी ओलीले माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि एमालेमा प्रवेश गराएका छन्। nepallive

प्रतिक्रिया दिनुहोस्