महानगर र उपमहानगरका उम्मेदवार यसरी छान्दैछ एमाले


ओकेजनता डेस्क
१० बैशाख २०७९, शनिबार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार(प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ ।

यस्तै निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठकबाट हुने रिजालको भनाइ छ।एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्