मुलुकको शक्ति केन्द्रमा कोरोना त्राहीमाम, प्रधानमन्त्रीको स्वास्थ्य कस्तो छ ?


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

कल्पना शाह

काठमाडौं । मुलुकको शक्ति केन्द्र भन्ने बित्तिकै काठमाडौंको याद आउँछ, त्यसभित्र पनि बालुवाटार (जहाँ प्रधानमन्त्री निवास) छ ।

सिंहदरबार मुलुकको मुख्य प्रशासनिक निकाय हो । जहाँबाट राज्य सञ्चालन हुन्छ ।

मुलुक संघीयतामा गइसकेपनि सिंहदरबारको महिमा र अस्तित्व झन बलियो बन्दै गएको छ । संघले समग्र देशको अर्थतन्त्र र विकास निर्माणमा पहिलो भुमिका खेलेको हुन्छ ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकको अर्थव्यवस्था थिलथिलो छ ।

राज्यका संयन्त्र चलायमान हुन सकेका छैनन् । बिप्रेषणले अर्थतन्त्रको हिस्सा धानेको भएपनि अहिले हरेक देशमा कोरोनाको प्रभाव उत्तिकै छ । विदेशमा रहेका श्रमिकले रोजगारी गुमाएका छन् ।

अहिले मुलुककै शीर्ष तह कोरोनाको जोखिममा रहँदा देशका प्रशासनिक र राजनीतिक संयन्त्र त्यति चलायमान हुन सकेका छैनन ।

प्रधानमन्त्री निवासमा नै कोरोनाले डेरा जमाएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापालगायतलाई कोरोना संक्रमण भएको छ । त्यहाँ कार्यरत करिब ६९ भन्दा बढी सुरक्षाकर्मीमा समेत कोरोना देखिएको छ ।

प्रधामनन्त्रीलाई हालसम्म कोरोना संक्रमण नभएको जानकारी गराइएको छ । कुनै व्यक्तिलाई कोरोना संक्रमण भएमा कन्ट्याक्ट ट्रयासिङ गरेर आइसोलेसन बस्नुपर्ने भएतापनि प्रधानमन्त्रीको हकमा त्यो लागू हुन सकेको छैन ।

मंगलबार मात्रै नेकपा सचिवालय बैठक बसेको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्यस्थिति एकदमै मजबुद पनि होइन, उहाँले दुई पटक मृगौला प्रत्यारोपण गरिसक्नुभएको छ । अहिले कोरोनाको जोखिमको समयमा उहाँलाई पनि सुरक्षित हुन आवश्यक छ ।

मुलुकमा दैनिक ज्यालामजदूरी गरेर खाने वर्ग अहिले निकै मारमा परेका छन् । लामो समय जेनतेन बलेको चुल्हो दशैँको मुखमा निभ्ने खतरा छ ।

यो समयमा सरकार बलियो बन्नुपर्छ, प्रधानमन्त्री बलियो बन्नुपर्छ । अहिले जनताको जीवनरक्षा गर्नु प्रमुख दायित्व सरकारको हो ।

सरकार आफै कता–कता हराएकोजस्तो जनसवालका विषय भन्दा पनि राजनीतिक विषयले मात्रै प्रसय पाएको जस्तो यी यावत् श्रृंखलाले मुलुक कमजोर बनेको होइन चिन्ता बढेको छ ।

जनतासामू बलियो देखिने प्रयास मात्रै गर्नुभन्दा सबै जनतालाई बलियो बनाउनु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्