जाँदाजाँदै रेणु दाहालका चार तस्बिर र स्ट्याटस


ओकेजनता डेस्क
१० बैशाख २०७९, शनिबार

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भरतपुरमा थुप्रै विकास निर्माणका कार्यहरु अगाडि बढेको बताउनुभएको छ ।

भरतपुर देशकै गौरव गर्न लायक र देशकै हेर्न लायक सुन्दर शहरको रुपमा विकसित हुँदै गएको दाबी गर्दा दाहालले आजसम्मको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।


आदरणीय महानगरवासी दाजुभाई तथा दिदिबैनिहरू !!
यस भरतपुर महानगरपालिका मा स्थानीय निर्वाचन २०७४ मा मलाई निर्बाचित गरे संगै , संवृद्ध महानगर बनाउने अठोट लिएर काम गर्दै जाँदा ५ वर्ष वितेको छ।यस बिचमा भरतपुर महानगरमा थुप्रै गौरबका आयोजनाहरू अगाडी बढेका छन।र आज आईपुग्दा भरतपुर देशकै गौरव गर्न लायक र देशकै हेर्न लायक सुन्दर शहरको रुपमा विकसित हुदैछ। यस प्रति गर्ब गर्दै आजसम्म काममा प्रत्यक्ष –परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानगरपालिका का जनप्रतिनिधीहरू र राष्ट्रसेवक कर्मचारी मित्रहरू महानगरबासी दाजुभाई तथा दिदिवहिनिहरू र सरोकारवाला सबै प्रति हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दछु।

 

प्रतिक्रिया दिनुहोस्