प्रधानमन्त्री देउवाको जिल्लामा १४ जना शेरबहादुर देउवा


ओकेजनता डेस्क
९ बैशाख २०७९, शुक्रबार

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा उनकै नाम गरेका १४ जना मतदाता छन् ।

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशन गरेको मतदाता सूचीमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा शेरबहादुर देउवा नाम गरेका १४ जना मतदाता छन् ।

निर्वाचन आयोगको मतदाता सूचीमा सिरियल नम्बर एक हजार ३६२ देखि एक हजार ३७३ सम्म शेरबहादुर देउवा नाम गरेका मतदाताको नामावली छ । एक हजार ३८० र एक हजार ३८१ मा पनि शेरबहादुर देउवा नामकै मतदाताको विवरण छ ।

प्रधानमन्त्री देउवाको मतदाता नामावली भने सिरियल नम्बर एक हजार ३६९ मा छ । शेरबहादुर देउवा नाम गरेका मतदातामध्ये प्रधानमन्त्री देउवा नै ज्येष्ठ हुन् ।

प्रतिक्रिया दिनुहोस्