एनआईसी एशियाको नाफा ३.६० अर्ब


ओकेजनता डेस्क
७ बैशाख २०७९, बुधबार

काठमाडौं । एनआईसी एशिया बैंकले चालू आव २०७८/७९ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएको बैंकले बताएको छ ।

बैंकले आव २०७८/७९ को तेस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू। २७४।७४ अर्ब पुर्‍याउन सफल भएको जनाएको छ । साथै, निक्षेपतर्फ कुल निक्षेप सङ्कलन रु. ३०२.८१ अर्ब पुगेको छ भने खुद मुनाफातर्फ रु ३.६० अर्ब आर्जन भएको देखिएको छ । जुन वार्षिक विन्दुगत आधारमा २० प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.४६ प्रतिशत रहेको छ, जुन २७ वटै वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी रहेको दाबी गरिएको छ । यसका साथै बैंकले वार्षिक प्रति शेयर आम्दानी रु। ४१।९४ आर्जन गर्न बैंक सफल भएको जनाएको छ, २७ वटै वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

कोभिड–१९ को विषम परिस्थितिमा समेत कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई तेस्रो त्रैमाससम्ममा ०.५१ प्रतिशतमा सीमित राख्न सफल भएको बैंकले जनाएको छ । बैंकले आव २०७८/७९ को तेस्रो त्रैमाससम्ममा ९ लाख भन्दा बढी नयाँ खाताहरू थप भएको पनि बताएको छ । यसै त्रैमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंक आव २०७८/७९ को दोस्रो त्रैमासमा पनि कर्जा विस्तार, निक्षेप सङ्कलन, प्रति शेयर आम्दानी, स्व–पुँजीमा प्रतिफल, ग्राहक सङ्ख्या, शाखा सङ्ख्या, विस्तारित काउन्टर सङ्ख्या, एटिएम सङ्ख्या, डेबिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ प्रयोगकर्ता र सञ्चालन मुनाफामा मुलुकका अन्य वाणिज्य बैङ्कहरूमध्ये पहिलो स्थान ग्राहक सङ्ख्यामा निजी बैंकहरुमा पहिलो ओगट्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्