एमालेका प्रभावशाली नेता बामदेवको युटर्न


ओकेजनता डेस्क
७ बैशाख २०७९, बुधबार

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता बामदेव गौतम आफ्नो राजनीतिक सुनिश्चितताका लागि छलफल र बहस उत्रिनुभएको छ । पछिल्लो समय नेकपा विभाजन भई पूर्ववत रुपमा फर्किएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगत्तै एमाले पनि विभाजन भई नेकपा एकीकृत समाजवादी निर्माण भएपछि गौतम तटस्थ बस्नुभएको छ ।

गौतमले अहिले आफूलाई शक्तिकेन्द्रीत बनाउने अभ्यास गरिरहनुभएको छ । केही नेता, कार्यकर्ताहरुलाई आफ्नो साथमा लिएर एमाले मिलाउने प्रयासमा लागेका गौतम सफल नभएपछि केही चिन्तित भएको पनि स्रोत बताउँछन् । बेलाबखत राजनीतिमा गोटी बनाइने कारण पनि गौतम यतिबेला तटस्थ भएको धेरैको बुझाई छ ।

गौतमलाई पार्टीमा ल्याउनका निम्ति नेकपा एकीकृत समाजवादीले तारन्तार छलफल बहस गरिरहेको छ । यद्यपि गौतम अहिले कहिकतैँ नजाने मुडमा रहेका छन् । अहिले एमालेमा पनि आन्तरिक कलह कायमै रहेकोले गौतम हेर र पर्खको अवस्थामा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्