शपथका लागि तयार यी तीन मन्त्री, बाँकीको टुंगो लाग्दै


ओकेजनता डेस्क
२१ आश्विन २०७७, बुधबार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेसँगै तीन मन्त्रीको टुंगो लागेको छ ।

नेकपा स्रोतका अनुसार मन्त्री हुने पक्कापक्मीमा सुरेन्द्र पाण्डे, बिष्णु पौडेल र जनार्दन शर्मा रहेका छन् । तर, सुरेन्द्र पाण्डेले अर्थमन्त्री नपाए सरकारमा नजाने समाचार पनि बाहिरिएका छन् ।

बाँकी मन्त्री हुनेहरुको अझै टुंगो लाग्न सकेको छैन । मंगलबार बसेको सचिवालय बैठकमा पनि मन्त्रीमण्डल पुनर्गठनको विषयले प्रवेश पाएन । दशैँ अगावै मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन–कुन मन्त्री हटाउने भन्ने विषयमा सकस भएको बताइन्छ ।

केही मन्त्रीलाई प्रधानमन्त्री ओलीले चाहेर पनि हटाउन नसक्ने र हटाए वातावरण प्रतिकुल बन्ने सम्भावना रहेको नेकपा उच्च स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्