भूकम्प भयो


ओकेजनता डेस्क
६ बैशाख २०७९, मंगलवार

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ ।

मंगलबार बिहान स्थानीय समयअनुसार ६ बजेर तीन मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

केन्द्रका अनुसार भूकम्पको तीव्रता ४।१ म्याग्निच्युडको रहेको थियो । यसअघि चैत ९ गते ताप्लेजुङ केन्द्रबिन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्