भारतले पठायो पुनः पेट्रोलियम पदार्थको मूल्यसूची (सूचीसहित)


ओकेजनता डेस्क
५ बैशाख २०७९, सोमबार

काठमाडौं । नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आयल निगमले दिएको जानकारीअनुसार भारतले पठाएको पछिल्लो मूल्यसूचीमा पेट्रोलको मूल्य घटेको र डिजेलको मूल्य बढेर आएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४।७९ रुपैयाँ घटेको छ । यस्तै, डिजेलको मूल्य २।२ रुपैयाँ र हवाई इन्धनको मूल्य ३८ पैसा बढेको निगमले जानकारी दियो । यससँगै, निगमलाई १५ दिनमा ३ अर्ब ७३ करोड ५३ लाख रुपैयाँ घाटा हुन्छ ।

यसअघि, पेट्रोलको खरिद लागत १८२।९८ रुपैयाँ थियो । अब प्रतिलिटर ४।७९ रुपैयाँ घटेपछि पेट्रोलको प्रतिलिटर खरिद लागत १७८।१९ रुपैयाँ कायम भएको छ । यस्तै, यसअघि, प्रतिलिटर १७१ रुपैयाँ कायम रहेको डिजेलको मूल्य २।२ रुपैयाँ बढेपछि अब १७३।२ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्