बिहीबार पनि सार्वजनिक बिदा

ओकेजनता डेस्क
२८ चैत्र २०७८, सोमबार

काठमाडौं । आउँदो बिहीबार सार्वजनिक बिदा दिने भइएको छ । नयाँ वर्षसंगै बिसु, बिस्केट जात्रा परेकोले बिदाको निर्णय भएको हो । नया वर्षको उपलक्ष्यमा विभिन्न स्थानीय तहमा पनि बिदा दिइन्छ ।

नयाँ वर्ष विक्रम सम्वत् २०७९ : आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘हाम्रो पात्रो’ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छ !

आजको दिनबाट हामी अर्काे वर्षमा प्रवेश गर्दैछौं । यो नव वर्ष बितेका वर्षहरू भन्दा फरक अवश्य हुनेछ । यसपालि नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं ।

हामी अघिल्लो वर्ष नयाँ वर्ष शुरु हुँदा पनि कोराना भाइरसको सन्त्रासमा थियौ । एक वर्षभरि हामी त्यसैबाट गुज्रियौ । यो नयाँ वर्ष शुरु हुँदा पनि कोभिड–१९ बाट विश्वलाई मुक्ति मिलेको छैन । विश्व नै कोभिड–१९ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

त्यसकारण पनि यो नव वर्षको उत्साह हामीले भीडभाडमा घुमफिर गरेर होइन कि घर आँगन र सीमितबीच मात्र रमाउन सुझाव दिन चाहन्छौं ।

कोराना भाइरसकै कारण बितेको वर्षको नयाँ वर्ष पनि हामीले धुमधामसँग मनाउन पाएनौ । यो वर्ष पनि सन्त्रासको स्थितिमा धेरै बद्लाव आएको छैन । त्यसकारण पनि सतर्कता अपनाउनु हाम्रो पीडादायी वाध्यता हो ।

अझ हाम्रो समाजमा एउटा भनाइ निकै प्रचलित छ, ‘नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरि त्यही चलिरहन्छ ।’ यस अर्थमा हामीले बुझ्न सक्छौं, आजको दिन सुरक्षित भएर आ–आफ्नै घरमा बसे, सायद हामी वर्षभरि पनि यो महामारीबाट सुरक्षित रहनेछौं ।

म त विक्रम सम्वत् २०७७ लाई नै मास्कभित्रको वर्षका रूपमा व्याख्या गर्छु । मास्कभित्रका अनुहार । आँखा र निधार हेर्दै मानिस पहिचान गर्नुपर्ने वाध्यता ।

अनि हरेकका आँखामा त्रास । अनि हातमा स्यानीटाइजर धस्दा–धस्दा विरूप भएका हत्केलाहरू । बितेको वर्षभर ती दृश्य हाम्रा नित्य कर्म बने । अनि विश्व नै ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘स्यानीटाइजर’ शब्दावलीसँग रम्नुपर्यो, वर्षभर ।

अर्थात्, बितेको वर्ष कोरोना संक्रमणको दर, ‘क्वारेन्टाइन’, मृतकका संख्या अनि ‘लकडाउन’को फेहरिस्त हाम्रो दिनचर्या बन्यो । भन्ने नै हो भने विक्रम सम्वत् २०७७ ले जति हामीलाई पछिल्ला शताब्दीका अन्य कुनै वर्षहरूले सिकाउन सकेन ।

प्रविधि र प्रकोपको अनेक दोसाँधबाट वर्ष गुज्रियो । त्यति मात्र होइन, त्यही अन्यौल आउने वर्षलाई पनि सापट दिएर गएको छ । आशा गरौं, यो नयाँ वर्षहरू अलिक होलो–खुकुलो हुन् ।

आउनुहोस् नेपालीहरूको नव वर्षको यो दिनमा सम्पूर्ण नेपाली मनहरूलाई मात्र नभई विश्वभरकै मानव जातिको सुस्वास्थ्यको कामना गरौं । यो नेपाली नव वर्ष विश्वको लागि नै सुरक्षित अनि स्वस्थ्य सावित होस् ।

नव वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना ! हर पाइलाले सफलता चुमिरहोस् ।

हरेक वर्ष पुरानो क्यालेन्डर थन्काउँदै नयाँ क्यालेन्डरलाई स्वागत गर्छाै । नयाँ वर्षको क्यालेन्डरका नयाँ पानाहरूसँगै नयाँ अवसर र आशाहरू पनि देखा पर्छन् नै ।

यी वर्षहरू भनेका किताबका नयाँ अध्यायहरू झैं हुन्, जसको आउँदा अध्यायहरू पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरू जस्ता हुन् । लेखिन बाँकी कपीका सादा पानाहरू जस्ता जहाँ दिनहरूले अनि महिनाहरूले बाँच्दै जाँदा अनि हाँस्दै, खिन्न हुँदै जाँदा अनुभवका अक्षरहरू भर्दै जान्छन् ।

अर्कोतर्फ गत वर्षमा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । बितेका वर्षहरूका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरू संगाल्दै स्वागत छ, नयाँ वर्षको संस्करणमा ।

शुभकामनाका खातहरू अनि शुभेच्छाका मालाहरू चढाउन चाहन्छ हाम्रो पात्रो परिवार, नव वर्ष २०७८ को । सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!

विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोइनका तस्बिरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरूदेखि हिजोआज फेसबुक, ट्वीटर लगायत सामाजिक सन्जालका भित्ताहरूमा लेखिने शुभेच्छासम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार विविध परिकारहरूदेखि, विदेश अनि खाडीका मरुभूमिमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरूसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस् ।

तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मीठो मुस्कान बनेर शितलता प्रदान गरोस् । सामाजिक अनि नवयुगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।

बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो । जे भयो राम्रो त्यसले सजाएर गएको ठान्नुपर्छ । अबको वर्ष शुभ हुन्छ । प्रगति हुन्छ । अनि स्वस्थ्य, सुखद र कल्याणकारी हुन्छ, हामीले उत्साही विश्वास राख्नुपर्छ ।

आराध्यदेव, राष्ट्रदेव महादेव झैँ ‘समय’ पनि शून्य अनि निराकार, अन्त्यहीन अनि बलवान पनि । समय रोक्न, नियन्त्रण गर्न मानिसको बशको सवाल होइन । तथापि मानिसहरू निरन्तर साहस गरिरहन्छन्, समयलाई आफ्नो प्रकारले गणना गरिरहन्छन् ।

हात या भित्तामा भएको घडी अनि क्यालेण्डरहरूले यस्ता समयको मापन गर्ने गर्छन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरू फेरिरहन्छन् । सँगै धर्तीमा अनुहार फेरिरहन्छन्, अनि फेरिन्छ, मानिसहरूका पेरिफेरी पनि ।

फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरू, बोट–बिरुवामा भर्खरैका चिल्ला पातहरूले बसन्त आगमनको सूचक स्वरूप कुहु–कुहु गरेका सुन्दर कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझैँ लाग्छ ।

काठमाडौं । आउँदो बिहीबार सार्वजनिक बिदा दिने भइएको छ । नयाँ वर्षसंगै बिसु, बिस्केट जात्रा परेकोले बिदाको निर्णय भएको हो । नया वर्षको उपलक्ष्यमा विभिन्न स्थानीय तहमा पनि बिदा दिइन्छ ।

नयाँ वर्ष विक्रम सम्वत् २०७८ : आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस् ‘हाम्रो पात्रो’ सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छ !

प्रतिक्रिया दिनुहोस्