निर्वाचन आयोगले ल्यायो टोल फ्री नम्वर, कसरी गर्ने गुनासो ?


ओकेजनता डेस्क
१५ चैत्र २०७८, मंगलवार

काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले आजबाट टोल फ्रि सञ्चालन गर्ने भएको छ ।

निर्वाचन आउन ४५ दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले ११०२ नम्बरको टोल फ्रिका लागि कल सेन्टर सञ्चालन गर्न लागेको हो ।

आयोगका सहसचिव एव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सो कार्यका लागि खटिने जनशक्तिलाई अभिमुखीकरण तालिम सम्पन्न समेत भएकाले आजबाट कल सेन्टर सञ्चालनमा आउन लागेको हो ।

३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत छनोट गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्