मन्त्री पदनै गएको समाचारबाट थाहा पाउनेहरु ओलीसँग कन्फ्यूज !


ओकेजनता डेस्क
११ चैत्र २०७८, शुक्रबार

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै मुलुकका विभिन्न राजनीतिक दलहरुले आफ्नो चुनावी क्रियाकलापलाई तीब्र बनाएका छन् । वडा, गाउँ, नगर, उपमहानगर र महानगरका उम्मेद्वार छनोटमा दलहरु व्यस्त बनेका छन् ।

निर्वाचन नजिकिएसँगै केही दलका नेताहरुले पार्टी परिवर्तन पनि गरिरहेका छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । विभिन्न ठाउँका प्रतिनिधिहरु आफू सुरक्षित बन्नका लागि भएपनि पार्टी परिवर्तन गर्ने मूडमा देखिएका छन् ।

पछिल्लो समय कलाकारहरुको मोह नेकपा एमालेमा देखिएको छ । भर्खरै मात्र नायिका करिश्मा मानन्धर एमाले प्रवेश गरेकी छन् । केही समय अगाडि गायिका कोमल ओली एमालेमा गएकी थिइन् । यसरी हेर्दा नेपालमा राजनीति नै बलियो बन्दै गएका बेला किसान, मजदूरदेखि अर्बपतिहरु राजनीतिक खोल ओढ्न आकांक्षी देखिन्छन् ।

मुलुकको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले जो कोहीलाई पनि पार्टीमा भित्र्याएर आफ्नो पक्षमा बहुमत ल्याउन चाहान्छ । कांग्रेस आफ्नैभित्रैको कलहले थिलथिलिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच दूरि बढिरहेको अवस्थामा कांग्रेसमा स्थानीय निर्वाचन सकस हुने देखिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जसरी भएपनि स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर आउन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । ओलीको एकलौटी पनका कारण एमालेभित्र पनि धेरै नेताहरु कन्फ्युजमा रहेका छन् । तत्कालीन समयमा ओली प्रधानमन्त्री भएको बेला मन्त्री पदनै गुमेको थाहा नपाएका नेताहरु बेलाबखत उनिमाथि खनिने गरेका छन् ।

केही नेताहरु भने पार्टीनै परिवर्तन गरेर अर्कै दलमा आवद्ध भइसकेका छन् । अहिलेको स्थानीय तह निर्वाचमा कुनै पनि दलले बहुमतको अपेक्षा गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्