भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)


ओकेजनता डेस्क
१० चैत्र २०७८, बिहीबार

काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा २०७८ चैत ११ गते शुक्रबार सार्वजनिक विदा दिइएको छ ।

उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले सुदूरपश्चिम प्रदेश सरकारले विदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्