कांग्रेसबाट काठमाडौंको मेयरमा हरिप्रभा खड्की सर्वसम्मत


ओकेजनता डेस्क
१० चैत्र २०७८, बिहीबार

काठमाडौं । संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न कांग्रेसबाट आधा दर्जन जिल्ला नेता आकांक्षी देखिएका छन् ।

आकांक्षीमध्ये तीर्थराम डंगोल र हरिप्रभा खड्गीलाई बलियो दाबेदार मानिएको कांग्रेस नेताहरू बताउँछन् । ‘हरिप्रभा र तीर्थराममध्ये एक जना मेयरको उम्मेदवार हुनुहुन्छ’, काठमाडौं-६ का सांसद भीमसेनदास प्रधान भन्छन्, ‘पार्टी सभापतिले तीर्थराम डंगोललाई उठाउनपर्छ भनिसकेको छु, उहाँले तयार हुन भन्नुस् भनिसक्नुभएको छ ।’

पूर्वराज्यमन्त्री डंगोल काठमाडौं कांग्रेसको कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका थिए । उनी सभापति देउवासँगै नेता कृष्णप्रसाद सिटौलासँग पनि निकट छन् । २०७४ सालमा पनि उनी मेयरका दाबेदार थिए ।

यो पटक पनि उनी दाबेदार हुन् । तर कांग्रेसको काठमाडौं राजनीतिमा नेता प्रकाशमान सिंह हाबी छन् । त्यसैले मेयरको टिकट हात पार्न डंगोलले सिंहको पनि साथ पाउनुपर्ने हुन्छ । नेता सिंहले भने महानगरकै उपमेयर हरिप्रभा खड्गीलाई मेयरमा अघि सार्न खोजेका छन् । प्रधान भन्छन्, ‘प्रकाशमान सिंहले पत्नी सिर्जना सिंहलाई उपमेयरको उम्मेदवार बन्ने अवस्था आए डंगोललाई स्वीकार्नु होला जस्तो लाग्छ ।’

डंगोललाई सिंहले स्वीकार नगर्ने र खड्गीलाई उम्मेदवार बनाउन देउवा तयार नभए तेस्रो विकल्पको खोजी हुनसक्ने जिल्ला तहका एक नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्