आजको नेकपा बैठकमा के भयो, मन्त्रीमण्डल कहिले पुनर्गठन हुन्छ ?


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा सांगठनिक एकताबारे छलफल भएको छ ।

तर मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्रीले यसबारे केही जानकारी गराउनु भएको पनि छैन’ उनले भने ।

बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिबारे भने छलफल सुरु भएको उनले बताए । मन्त्रीमण्डल पुनर्गठनबारे छलफल नभएपछि दशैँ अगाबै सरकार परिवर्तन नहुने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्