पर्सि र निपर्सी २ दिन सार्वजनिक बिदा


ओकेजनता डेस्क
१ चैत्र २०७८, मंगलवार

काठमाडौं । सरकारले होलीको अवसरमा सार्वजनिक बिदा दिएको छ । ३ र ४ गते पहाड र तराईमा बिदा दिइएको हो ।

होली हे …. नेपाली जनको प्रिय । अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । मिल्ने भए तपाईँको मोबाइल स्क्रिनबाटै पिचिच्च पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौँ । आनन्द अनि उत्साहको यो वसन्त क्रृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला ।

अनि आफन्तजनसँग भेट्नु होला या सन्देश अनि फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईँलाई छोओस् ।

अनि छुनै पर्छ पनि । होलिकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरू अनि गीतहरू रचना गरिएका छन् । परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामी सबैका श्यामस्वेत सपनाहरूले रङ्ग पाउन्, उमङ्ग पाउन् अनि नयाँ ढङ्ग पाउन् ।

उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् ।

काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ, फागुन शुक्ल अष्टमीका दिन । अनि वसन्तपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।

असत्यमाथि सत्यको जीत भएको सूचकका रुपमा यो चीर राखिन्छ । पछि लगेर टुँडिखेलमा चीरलाई बिर्सजन गर्ने चलन छ । जलेको चीरको खरानी शुभ लक्षण रूपमा बासिन्दाहरूले घर–घरमा लैजाने गर्छन् । त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ ।

दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ । दौत्यराज हिरण्यकशिपु आप्mनै पुत्र प्रह्लाद भगवान् भक्त भएकामा क्रोधी बनेका थिए ।

भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ ।

भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ ।

नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रङ्ग भगवान् श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज व्यापक गरिन्छ । शुक्ल पक्षको ठुलो चन्द्रको छत्रछायामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ । आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ । उपत्यका लगायत अन्य ठाउँहरूमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट दिन बिदा दिइन्छ ।

वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरूबिचको सम्बन्ध अनि रङ्गले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के वृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रूपमा हेरेरै त होला नेपाली जन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।

बाल–बालिकाले पिचकारी अनि स–साना बेलुनका साथमा मज्जा लिन्छन् । फेरि पिचकारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काट्दै बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयस्कका निम्ति होली रङ्गहरू अनि भ्रातृत्व र साहसको पर्व हो ।

सुरु–सुरुमा जो कोही पनि यसपाला म रङ्ग खेल्दिन भनी बस्छन् । तर सुस्तरी रङ्गिन माहौल अनि साथी–भाइको रङ्ग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे हम्मे पर्छ । पुराना यादहरू सँगाल्दै अनि अबिर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्त्व रहन्छ ।

तराईतिर त झन् पोखरी नै रङ्गिन पुग्छन्, रङ्गहरूले । खेल्न नमान्ने अनि आनाकानी गर्नेहरूलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि छ । पहाडमा भन्दा एक दिनपछि मात्र तराईमा होली मनाउने चलन छ । तराई–होली विशेष भोलि हामी लिपिबद्ध गर्ने नै छौँ ।

यो पर्वमा खाने कुराहरूमा आज मालपुवाको विशेष महत्त्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्त्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्त्व हुन्छ ।

अर्कोतर्फ भाङको घोटा अर्थात् गाउँतिर पाइने भाङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाउँदै जोगीरा सररर…. को तालमा नाँच्नुको विशेष महत्त्व हुन्छ ।

पहिले–पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरू मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरूलाई ताकेर हानिने चलन धेरै थियो । तर बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ तर जे होस्, होलीको उल्लासमा यो वर्ष पनि पहाड र तराईका जिल्लाहरूमा कमी आउने वाला छैन ।

होलीको कृपाले भ्रातृत्व अनि सदाचारको वृद्धि होस् । जनकपुरदेखि टनकपुरसम्म अनि विराटनगर देखि ब्रिस्वेनसम्म बस्ने नेपालीमा यो पर्वले खुसीयाली ल्यायोस्, जय होस् ।होली हे …. नेपाली जनको प्रिय । अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । मिल्ने भए तपाईँको मोबाइल स्क्रिनबाटै पिचिच्च पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौँ ।

आनन्द अनि उत्साहको यो वसन्त क्रृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला । अनि आफन्तजनसँग भेट्नु होला या सन्देश अनि फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईँलाई छोओस् ।

अनि छुनै पर्छ पनि । होलिकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरू अनि गीतहरू रचना गरिएका छन् । परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामी सबैका श्यामस्वेत सपनाहरूले रङ्ग पाउन्, उमङ्ग पाउन् अनि नयाँ ढङ्ग पाउन् ।

उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् ।

काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक सुरुवात हुन्छ । हनुमान ढोकाको गद्दी बैठकमा तीन तले चीर ठड्याइन्छ, फागुन शुक्ल अष्टमीका दिन । अनि वसन्तपुरमा ध्वजासहित लिङ्गो गाड्दै फागु पर्वलाई स्वागत गरिन्छ ।

असत्यमाथि सत्यको जीत भएको सूचकका रुपमा यो चीर राखिन्छ । पछि लगेर टुँडिखेलमा चीरलाई बिर्सजन गर्ने चलन छ । जलेको चीरको खरानी शुभ लक्षण रूपमा बासिन्दाहरूले घर–घरमा लैजाने गर्छन् ।

त्रेता युगमा भगवान् विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दौत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भस्म पार्न लाग्दा उनी आफै आगोमा भस्म भएको दिनका रूपमा ‘होली–पर्व’ पर्दापण भएको मानिन्छ । दौत्यराज हिरण्यकशिपु आप्mनै पुत्र प्रह्लाद भगवान् भक्त भएकामा क्रोधी बनेका थिए ।

भगवान् विष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवान्भक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्त्व अनि चलनको चर्चा गरिएको छ ।

भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनको रङ्गिन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरूमा पढ्न पाइन्छ ।

नीलो रङ्गले मानवता र धैर्यतालाई दर्साउँछ भने पहेँलो रङ्ग भगवान् श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । होलीका बेला सौभाग्यको सूचक रातो रङ्गको प्रयोग पनि आज व्यापक गरिन्छ । शुक्ल पक्षको ठुलो चन्द्रको छत्रछायामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ ।

आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ । उपत्यका लगायत अन्य ठाउँहरूमा आजै अर्थात् फागुन पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट दिन बिदा दिइन्छ ।

वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरूबिचको सम्बन्ध अनि रङ्गले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के वृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रूपमा हेरेरै त होला नेपाली जन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।

बाल–बालिकाले पिचकारी अनि स–साना बेलुनका साथमा मज्जा लिन्छन् । फेरि पिचकारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काट्दै बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयस्कका निम्ति होली रङ्गहरू अनि भ्रातृत्व र साहसको पर्व हो ।

सुरु–सुरुमा जो कोही पनि यसपाला म रङ्ग खेल्दिन भनी बस्छन् । तर सुस्तरी रङ्गिन माहौल अनि साथी–भाइको रङ्ग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे हम्मे पर्छ । पुराना यादहरू सँगाल्दै अनि अबिर र केसरीको चुटुक्क टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्त्व रहन्छ ।

तराईतिर त झन् पोखरी नै रङ्गिन पुग्छन्, रङ्गहरूले । खेल्न नमान्ने अनि आनाकानी गर्नेहरूलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि छ । पहाडमा भन्दा एक दिनपछि मात्र तराईमा होली मनाउने चलन छ । तराई–होली विशेष भोलि हामी लिपिबद्ध गर्ने नै छौँ ।

यो पर्वमा खाने कुराहरूमा आज मालपुवाको विशेष महत्त्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्त्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्त्व हुन्छ । अर्कोतर्फ भाङको घोटा अर्थात् गाउँतिर पाइने भाङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाउँदै जोगीरा सररर…. को तालमा नाँच्नुको विशेष महत्त्व हुन्छ ।

पहिले–पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरू मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरूलाई ताकेर हानिने चलन धेरै थियो । तर बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ तर जे होस्, होलीको उल्लासमा यो वर्ष पनि पहाड र तराईका जिल्लाहरूमा कमी आउने वाला छैन ।

होलीको कृपाले भ्रातृत्व अनि सदाचारको वृद्धि होस् । जनकपुरदेखि टनकपुरसम्म अनि विराटनगर देखि ब्रिस्वेनसम्म बस्ने नेपालीमा यो पर्वले खुसीयाली ल्यायोस्, जय होस् ।

प्रतिक्रिया दिनुहोस्