BREAKING-प्रदेश ५ को राजधानी दाङको देउखुरी बहुमतले पास


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

काठमाडौं । प्रदेश ५ को र स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

प्रदेश सरकारले दाङको देउखुरी बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगांगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

त्यसको विरोधमा उधिएको प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।

तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीव विपरित फ्लोर क्रस गरेका छन् । किनकी कांग्रेसका १९ सांसद छन् तर विपक्षमा १३ भोट मात्र खसेको छ ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्