मन्त्रीलाई हराउँदै उत्सव बने माओवादी सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष


ओकेजनता डेस्क
१७ फाल्गुन २०७८, मंगलवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी भएका छन् ।

कैलालीका उत्सवले सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहेका दार्चुलाका मानबहादुर धामी ‘सन्तोष’लाई हराएका हुन् ।

चाैधरी राष्ट्रियसभा सदस्य पनि हुन् । कुल २१० मत खसेकाेमा चौधरी ११४ मत र धामीले ९३ मत पाएका हुन् ।

उपाध्यक्षमा अक्कल रावल, मानसिंह माल र रणबहादुर कुँवर विजयी भएका छन् । त्यस्तै सचिवमा जनक बुढा निर्वाचित भएका छन् भने सहसचिव नन्दबहादुर साउँद ‘राजेन्द्र’ रामबहादुर देवकर र अन्जिता श्रेष्ठ चयन भए ।

कोषाध्यक्षमा कमलकुमारी शाह (शाही) विजयी भएकी छन् । माओवादी केन्द्र सुदूरपश्चिमले अधिवेशन उद्घाटनकाे तीन महिनापछि निर्वाचनबाट नयाँ नेतृत्व पाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्