पलले पक्राउ पर्नुअघि प्रहरीलाई यस्तो भनेका थिए, प्रहरीले समर्थन जनायो


ओकेजनता डेस्क
१५ फाल्गुन २०७८, आईतवार

काठमाडौं । पल शाह पक्राउ परेका छन् । जिप्रका तनहुँको प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

पलविरुद्ध जिप्रका तनहुँमा नाबालिगमाथि जबर्जस्ती करणीको जाहेरी परेको थियो । जाहेरी परेयता उनी फरार बनेका थिए । आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस हालेका थिए ।

पल आज पक्राउ परेको तनहुँ प्रहरीले पुष्टि गरेको छ । स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए ।

काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै पक्राउ दिन चाहेको स्रोतको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्