यस्तो गीत गाउँछु २ का निर्देशक थापा पक्राउ, पूजा शर्मालाई पक्राउ तयारी


ओकेजनता डेस्क
१५ फाल्गुन २०७८, आईतवार

काठमाडौं । पल शाह अभिनित चलचित्र म यस्तो गीत गाउँछु २ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राइमटाइम टेलिभिजनमा धमलाको हमला कार्यक्रममा अन्तर्वार्ता दिएर फर्किँदै गर्दा टेलिभिजन परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको ऋषि धमलाले जानकारी दिए ।

बानेश्वर प्रहरी वृत्तले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रहरीले सो चलचित्रकी नायिका पुजा शर्मालाई पनि नियन्त्रणमा लिने तयारी रहेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्