सुजलको अभिनयमा “लुकि लुकि के सिठ्ठी बजाउछौ” (भिडियोसहित)


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तिहारको शुभकामनासहित नेपाली संगितमा निरन्तर योगदान दिइरहनु भएका गीतकार शेखर कोइराला ‘चन्द्र’को नयाँ अनि रमाइलो संस्कृतीप्रद गीत “लुकि लुकि के सिठ्ठी बजाउछौ” सार्वजनिक भएको छ ।

भ्वाईस अफ नेपालका विजेता सिडि विजय अधिकरीको संगित र आवाज रहेको उक्त गीतको भिडियोमा विलक्षण प्रतिभाकी धनी सुजल बमसँगै लोकप्रिय मोडल कमल सिं र कैलाश कठायतको अभिनय रहेको छ ।

सन्तोषराज बहाकको निर्देशन रहेको उक्त भिडियोको छायांकन मुकेश हुमागाँइले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन । एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको उक्त गीत अनि भिडियोले रिलिज भए संगै चर्चामा छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्