अर्थमन्त्रीको जिम्मामा एमसीसी प्रस्ताव पेश परेपछि आज संसदमा नजाने


ओकेजनता डेस्क
१२ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । एमसीसी टेबल हुने दिन स्वास्थ्य अवस्था ठिक नभएको भन्दै संसद नगएका अर्थमन्त्री जनार्दन शर्मा आज पनि नजाने भएका छन् ।

माओवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताइरहँदा अर्थमन्त्री शर्मा आजको छलफलमा पनि अनुपस्थित हुने भएका हुन् ।

संसदमा एमसीसीको प्रक्रिया छल्न खोजिरहेका शर्माले हिजो फेसबुक स्ट्याटस लेख्दै पर्वतको एक कार्यक्रममा सहभागी हुने बताएका छन् । संसदको सम्भावित कार्यसूचीमा भने अर्थमन्त्री शर्माले नै आजको बैठकमा एमसीसीमाथि छलफलको प्रस्ताव पेस गर्ने उल्लेख छ ।

यसअघि अर्थमन्त्री शर्माले नै एमसीसी टेबल गर्ने कार्यसूची थियो । शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।

 

एमसीसीमाथि छलफल गर्न आज १ बजे संसद बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्