एमसीसी पारित गराउन दौडधुप शुरु


ओकेजनता डेस्क
१२ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) सम्झौता संसद्मा पेस गरेसँगै पारित गराउन सक्रियता बढाएको छ । प्रधानमन्त्रीदेखि कांग्रेसका नेताहरूले सत्ता गठबन्धनभित्र र प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवादलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै निवासमै पुगेर एमसीसी पारित गर्न आग्रह गर्नुभएको थियो । तर, जवाफमा प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सत्ता गठबन्धन जोगाउन एमसीसी टेबल गर्न सहमति भए पनि पारित गर्न आफ्नो पार्टीको समर्थन नहुने विषय अध्यक्षले स्पष्टसँग राखेको बताए ।

उनका अनुसार प्रचण्डले एमसीसी सम्झौतालाई संसदीय समितिमा पठाउनु पर्नेमा जोड दिएका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले संसद्मै छलफल गरेर छिट्टै पारित गर्नुपर्नेमा धारणा राखेका थिए । यो समाचारनेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्