पल शाहलाई पक्राउको तयारी, प्रहरी यस्तो भन्छ


ओकेजनता डेस्क
११ फाल्गुन २०७८, बुधबार

काठमाडौं । चर्चित नायक पल शाह पक्राःउ पर्ने भएका छन् । उनी नाबालिगमाथि यौःनजन्य अपराधको उजूरी परेपछि पक्राःउ पर्ने भएका हुन् ।

प्रहरीमा उनीविरुद्ध नाबालिक गायिका समिक्षा अधिकारीले जाहेरी दर्ता गरेकी हुन् । तनहुँमा घटःना घटेकाले त्यही पुगेर समिक्षाले जाहेरी दिएकी हुन् । प्रहरीले जाहेरी लिएसँगै अनुसन्धानका लागि पहल शाहलाई पक्राःउको तयारी भएको बुझिएको छ ।

पल शाहलाई तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित हुन भनिने र नआए पक्राःउको तयारी गरएको बुझिएको छ ।

१७ वर्षकी समिक्षामाथि पलले शारीःरिक सम्पर्क गरेको अडियो समेत सार्वजनिक भइसकेको छ । घटःनाका बेला उनी अझ कम उमेरको भएको विषय आइरहेको छ ।

नाबालिगमाथि यौःनजन्य क्रियाकलाप गरेमा कानून अनुसार बलाःत्कार सरहको सजाय हुने गर्छ । विकसित मुलुकहरुमा यस्तो विषयलाई गम्भीर अपराध मानिन्छ ।

हालैमात्र बेलायतका राजकुमार एन्ड्रीउले दुई दशक अघि एकजना नाबालिगमाथि यौःनजन्य क्रियाकलाप गरेकोमा ठूलै मूल्य चुकाउनुपरेको थियो । उनले पछि ठूलो धनराशी क्षतिपूर्ति दिएर मिलापत्र गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्