संसद भवनमा हाईअलर्ट, पूरै घेराउ


ओकेजनता डेस्क
४ फाल्गुन २०७८, बुधबार

काठमाडौं । एमसीसीको विषयमा पार्टी नै स्पष्ट नरहेको बेला माओवादी केन्द्रको भ्रातृ संगठन भने खुलेर विरोधमा लागेको छ ।

वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले बुधबार संसद भवन घेराउ गर्ने कार्यक्रम राखेको छ ।

यथास्थितिमै एमसीसी टेबल गर्ने कदम राष्ट्रघाती हुने दुई संगठनको भनाइ छ । एमसीसी टेबल आजै गर्ने तयारी भएपछि त्यसको विरोधमा संसद भवन घेराउ गर्न लागिएको ती दुई संगठनले बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्