यसपाली १ लाख १८ हजार म्यादी प्रहरी चाहिने, सजिलै भर्ना


ओकेजनता डेस्क
२७ माघ २०७८, बिहीबार

काठमाडौं । स्थानीय तहको निर्वाचन गराउन १ लाख १८ हजार म्यादी प्रहरी चाहिने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ ।

प्रधान कार्यालयले बिहिबार केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव पठाएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बस्ने केन्द्रीय सुरक्षा समितिले त्यसबारे निर्णय गरेपछि भर्ना प्रक्रिया शुरु हुन्छ ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ९९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सो चुनावमा ०.२ प्रतिशत अर्थात ७ सयजना पूर्व सुरक्षाकर्मी म्यादी प्रहरीमा भर्ना भएका थिए ।

म्यादी प्रहरीमा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादीसहित प्रहरी परिचालन र गाडी खरिद गर्न करिब १२ अर्ब बजेट चाहिने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्