मन्त्रीमण्डल बिस्तारमा यस्तो छ गोप्य सहमति !


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सहमतिका आधारमा मन्त्रीमण्डल पुनर्गठनको अन्तिम तयारी गरेको छ । हाल बहाल रहेका कुन मन्त्रीलाई हटाउने कुनलाई राख्ने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच केही मन्त्रीका विषयमा असहमति भएको छ । हालका मन्त्री मध्ये रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, कृषि मन्त्री घनश्याम भुसाल, भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङ, उद्योग मन्त्री लेखराज भट्ट र पर्यटन मन्त्री योगेश भट्टराईका बारेमा खासै विवाद नरहेको नेकपा स्रोतले जनाएको छ ।

केही मन्त्रीहरु हटाउने सम्बन्धमा दुई अध्यक्षबीच छलफल जारी छ । मंगलबार बस्ने सचिवालय बैठकमा पनि मन्त्रीमण्डलको विषयले प्रवेश पाउने एक सचिवालय सदस्यले ओकेजनतालाई जानकारी दिए ।

कुन–कुन मन्त्री हट्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री ओलीले गोप्य रुपमा सूचना राखेको बुझिएको छ । अहिले पार्टीमा अड्कल बाजी गर्ने बाहेक आधिकारिक तथ्य बाहिर आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्