प्रदेश ५ : नाम र राजधानीको छलफल सकियो, आज मतदान


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

काठमाडौं । प्रदेश नम्बर ५ को राजधानी र नामको प्रस्ताव सम्बन्धि छलफल सकिएको छ ।

छलफल सकिएसँगै सभामुखले प्रस्ताव संसोधनका लागि १८ घण्टाको समयावधी दिनुभएको छ ।

प्रदेश सभाको बैठक मंगलबार (आज) मध्याह्न १२ बजे बस्दैछ । मंगलबार नै मतदान गरी राजधानी र नामाकरण टुंग्याउने तयारी गरिएको छ ।

प्रदेश सभाको राजधानी र नामाकरण सम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तानाशाही शैलीमा प्रस्ताव आएको भन्दै आपत्ती जनाएको छ ।

सोमबारको बैठकमा सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई छलफलका लागि प्रस्ताव पेश गर्न अनुमति दिएपछि कांग्रेस सांसदले अवरोध गरेका थिए ।

मर्यादापालकको बलमा केसी रोस्टममा पुगेर प्रस्ताव पेश गर्न थालेपछि उनीहरुले विरोध जनाउँदै सभा हलका कुर्सी तोडफोड समेत गरेका छन ।

बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई पर्यटकीय र दाङलाई प्रशासनिक राजधानी बनाइने प्रष्ट पार्नुभएको छ ।

तर, प्रदेश नम्बर ५ को राजधानी र नाम सम्बन्धि प्रस्तावमा सत्तारुढ दल नेकपाका सांसद भित्रै एक मत देखिदैन ।

प्रतिक्रिया दिनुहोस्