आइतबारदेखि सबै विद्यालय खुल्ने


ओकेजनता डेस्क
१२ माघ २०७८, बुधबार

काठमाडौं । यतिबेला कोरोना संक्रमणको जोखिमका कारण देशैभरका शैक्षिक संस्थाहरु बन्द अवस्थामा छन् । सीसीएमसीको निर्देशन अनुसार देशैभरका शैक्षिकसंस्थाहरु बन्द गरिएका हुन् ।

केही दिन अगाडि मात्रै शिक्षामन्त्रालयले सबै विद्यालयहरु आइतबार १६ गतेदेखि खोल्नका निम्ति निर्देशन दिएको छ । विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउनका निम्ति विद्यालय खोल्न निर्देशन दिइएको हो ।

विद्यालय १६ गतेदेखि २० गतेसम्म खुल्नेछन् । अहिले भने मन्त्रालयले यसबारे केही निर्णय गरेको छैन । कोरोना जोखिम बढेको समयमा भिडभाड नगर्ने गरी तयारी थालिएको छ । यसअघिको निर्णय अनुसार आउँदो आइतबारबाट विद्यालय खुल्नेछन् ।

कोरोनाविरुद्धको खोप लगाउनका निम्ति विद्यालय नै खोल्नुपर्ने अवस्था नहुने केही शिक्षाकर्मीहरुको भनाइ छ । उनीहरुले कोरोना खोपका लागि नभइ पठनपाठनका लागि विद्यालय खोल्नुपर्ने बताएका छन् ।

विद्यालय बन्द गर्नु नै कोरोना अन्त्यको विकल्प नभएको विद्यालय सञ्चालकहरुको बुझाइ छ । यतिबेला कोरोना संक्रमणको जोखिमका कारण देशैभरका शैक्षिक संस्थाहरु बन्द अवस्थामा छन् । सीसीएमसीको निर्देशन अनुसार देशैभरका शैक्षिकसंस्थाहरु बन्द गरिएका हुन् ।

केही दिन अगाडि मात्रै शिक्षामन्त्रालयले सबै विद्यालयहरु आइतबार १६ गतेदेखि खोल्नका निम्ति निर्देशन दिएको छ । विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउनका निम्ति विद्यालय खोल्न निर्देशन दिइएको हो ।

विद्यालय १६ गतेदेखि २० गतेसम्म खुल्नेछन् । अहिले भने मन्त्रालयले यसबारे केही निर्णय गरेको छैन । कोरोना जोखिम बढेको समयमा भिडभाड नगर्ने गरी तयारी थालिएको छ । यसअघिको निर्णय अनुसार आउँदो आइतबारबाट विद्यालय खुल्नेछन् ।

कोरोनाविरुद्धको खोप लगाउनका निम्ति विद्यालय नै खोल्नुपर्ने अवस्था नहुने केही शिक्षाकर्मीहरुको भनाइ छ । उनीहरुले कोरोना खोपका लागि नभइ पठनपाठनका लागि विद्यालय खोल्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्