आज नेकपा सचिवालय बस्दै, मन्त्रीमण्डल पुनर्गठन एजेण्डा !


ओकेजनता डेस्क
२० आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीका गतिविधि, सरकारले गरेका नियुक्ति सम्बन्धि छलफल र मन्त्रीमण्डल बिस्तारको एजेण्डा रहेको नेकपा स्रोतले जनाएको छ ।

दशैँ अगावै मन्त्रीमण्डल पुनर्गठनको तयारीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आजको सचिवालयमा मन्त्रीमण्डलको खाका प्रस्तुत गर्ने नेकपा स्रोतले जनाएको छ ।

भर्खरै सरकारले गरेका नियुक्तिबारे पनि चौतर्फी विरोध आइरहेका बेला पार्टीले सरकारलाई त्यसबारे जानकारी गराउन भनेको छ । आजको सचिवालयमा यो विषय पनि प्रमुख बनेको छ ।

लामो समयदेखिको पार्टी एकताका बाँकी काम टुंग्याउन र नेता कार्यकर्तालाई जिम्मेवारी बाँडफाँड गर्न ढिलाइ भइरहेका बेला सचिवालय बैठक मार्फत् कार्यान्वयन गर्ने नेकपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्