एकाबिहानै प्रचण्डलाई गिफ्ट लगेर बर्षमान खुमलटारमा


ओकेजनता डेस्क
११ माघ २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुगेका छन् ।

लोमा उपचारपछि सोमबार मात्र स्वदेश फर्केका पुन अध्यक्ष प्रचण्ड भेट्न बिहानै प्रचण्डको निवास (खुमलटार) पुगेका हुन् ।

त्यस क्रममा अध्यक्ष प्रचण्डले नेता पुनलाई स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ पुनले आफू नेकपा माओवादी केन्द्रको महासचिव पदको स्वाभाविक दाबेदार भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्