मुख्यमन्त्री शंकर पोखरेलले बुटवलबाट राजधानी सार्नुको रहस्य !


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

काठमाडौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले रुपन्देहीको बुटवलबाट राजधानी दाङको देउखुरी सार्ने प्रस्तावमा नेकपाकै सांसदले विरोध जनाएका छन् ।

तर, नेकपाको संसदीय दल प्रदेश नम्बर ५ ले ह्वीप जारी गरेर राजधानी दाङमै रहने गरी मतदान गर्न भनेको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका विषयहरुलाई केलाउँदा संघमा अर्थमन्त्री विष्णु पौडेललाई पठाउने गरी राजधानीमा सहमति भएको बताइन्छ ।

मुख्यमन्त्री शंकर पोखरेल काठमाडौैं आएर प्रधानमन्त्रीसँग भेटघाट गरी अर्थमन्त्रीमा पौडेललाई निर्विरोध गर्ने गरी सहमति भएको छ ।

आइतबारमात्रै प्रदेश ५ का मुख्यमन्त्री पोखरेल चढेको गाडीमा कांग्रेस कार्यकर्ताले ढुंगामुढा गरेका थिए ।

तैपनी सोमबारको प्रदेशसभा बैठकमा राजधानीको विषयमा बल नै प्रयोग गरेर भएपनि मुख्यमन्त्री पोखरेलले राजधानी दाङ नै सार्ने गरी अडान लिएका छन् ।

दाङबाट राजधानी अन्यत्र सारेमा मुख्यमन्त्री पोखरेलको राजनीतिक भविष्य नै समस्यामा पर्ने आंकलन गरिएको छ ।

त्यसैले पनि मुख्यमन्त्री पोखरेलले राजधानी दाङ सार्ने प्रयत्न गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्