एमाले अध्यक्ष ओलीको आःकस्मिक पत्रकार सम्मेलन, यस्तो छ तयारी

ओकेजनता डेस्क
९ माघ २०७८, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आइतबार दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा एमालेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको सचिव अधिकारीको भनाइ छ ।

समसामयिक विषयमा पत्रकार सम्मेलन राखिएको हो । त्यसमा विकसित राजनीतिक घटनाक्रम,स्थानीय निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, प्रधानमन्त्रीको सम्बोधनबारे उठेका प्रश्नको एमालेको धारणा आउँछ,अधिकारीको भनाइ छ ।

निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।

पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय निर्वाचनसहित तीनै तहका निर्वाचन एकैपटक मंसिरमा गर्ने कि भन्ने बहस भइरहेको छ । तर नेकपा एमालेले भने आगामी जेठ ५ अघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सरकार त्यसलाई टार्ने योजनामा लागेको भन्दै सशंकित हुदै आएको छ ।

साथै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा समेत एमाले सरकारले गरेका कामलाई आफूले गरेको भनेर प्रचार गरेको एमालेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्