कोरोनाबाट २४ घण्टामा १९ को मृत्यु, २२४० मा संक्रमण पुष्टि


ओकेजनता डेस्क
१९ आश्विन २०७७, सोमबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २४० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्रर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना कोरोना निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ रहेको छ । कोरोनाबाट आज थप १९ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ । यस दिन १३ हजार ७८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्