अन्ततः सरकारले गर्यो निर्वाचनबारे यस्तो निर्णय


ओकेजनता डेस्क
७ माघ २०७८, शुक्रबार

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल गर्ने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

उनले भने, ुनिर्वाचनबारे विभिन्न प्रस्तावमाथि छलफल भएको छ । यस विषयमा गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ।ुसंवैधानिक व्यवस्था अनुसार निर्वाचन सम्पन्न गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्