होमआइशोलेसनमा चुपचाप छैनन् मन्त्री आले, यस्तो छ गृहकार्य


ओकेजनता डेस्क
५ माघ २०७८, बुधबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरले पर्यटकीय धरोहरमा भएको मनमौजीको पर्दाफास अभियान थालेसँगै जनतामा आशाको किरण पलाएको छ । राजनीतिक संयन्त्रबाट हुने संरक्षणलाई तोड्दै मन्त्री आलेले आफ्नो कार्यकाल पारदर्शी बनाउन खोजेको भन्दै धेरैले प्रशंसा गरिरहेका छन् ।

मुलुकमा अदृष्य रुपमा हुने गरेका विभिन्न परियोजनाको सम्झौता, टेण्डर पारदर्शी बनाउनका लागि मन्त्री आले अहोरात्र खटिनुभएको छ । कोरोना संक्रमणका कारण होमआइसोलेसनमा बसेका आलेले विभिन्न विकृतिहरुविरुद्ध गृहकार्य गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।

मुलुकको गौरवका रुपमा रहेका नारायणहिटी संग्रहालय, पशुपतिनाथ, हनुमानढोका, दक्षिणकाली, पाटन दरबारलगायतका उपत्यकाभित्रका रहेको ऐतिहासिक सम्पदाको जगेर्ना र विचौलियालाई पाखा लगाउने उनको पहिलो लक्ष्य रहेको बताइन्छ ।

उपत्यका बाहिर रहेका विभिन्न सम्पदाहरुको पनि जगेर्ना गर्नेतर्फ मन्त्री आले सक्रिय रहेका छन् । धार्मिक आस्थामा तल्लीन रहने मन्त्री आलेले डोटीको प्रसिद्धधाम बडिकेदारको प्रचारप्रसार र व्यवस्थापनमा ठूलो भूमिका खेल्नुभएको छ ।

हरेक पटकको मेलामा बडिकेदार पुग्ने गरेका आलेलाई केदारबाबाको आशिष लागेको पनि धेरैले बताउाछन् । मन्त्री आलेमाथि विभिन्न आरोप लागेपनि धार्मिक रुपमा उनी निकै संवेदनशील छन् । भगवानको अत्यन्तै विश्वास राख्ने आलेले हरेक पटक आफ्नो निर्वाचन क्षेत्रमा जाँदा पौराणिक सम्पदाको संरक्षणमा जोड दिएका छन् ।

पछिल्लो समय निकै चर्चामा रहेका मन्त्री आलेलाई डोटीका हरेक दलका नेता, कार्यकर्ताहरुले पनि बधाइ ज्ञापन गरिरहेका छन् । हिजो उनीमाथि गरिने विभिन्न टिप्पणी अहिले सेलाउँदै गएका छन् ।

– ओकेजनताका लागि सम्पादक खेम बमले लेख्नुभएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्