कर्मचारीहरुले १४ दिन भन्दाबढी बिदा लिन पाउने, यस्तो छ नयाँ नियम


ओकेजनता डेस्क
५ माघ २०७८, बुधबार

काठमाडौं । कोभिड– १९ संक्रमण पुष्टि भएका सरकारी तथा अर्ध सरकारी निकाय एवं कार्यालयमा कार्यरत कर्मचारीले पुनः कोभिड बिदा लिन पाउने भएका छन् ।

कोभिड पुष्टि भएर आइसोलेसन बस्नुपर्ने भए बढीमा १४ दिन र अस्पताल भर्ना हुनुपर्ने भए सो अवधिभर नै कर्मचारीले बिदा पाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुख दशरथराम ओडले जानकारी दिनुभयो ।

त्यसको लागि कोभिड पोजेटिभ भएको रिपोर्ट कार्यालयमा अनिवार्य पेश गर्नुपर्ने छ । कोरोना संक्रमण राष्ट्रिय रुपमै सिर्जित रोग भएकाले संक्रमित कर्मचारीले मन्त्रिपरिषद्को निर्णय अनुसार नै बिदा पाउने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमित भए बढीमा सात दिन आइसोलेसनमा बसे पुग्ने जनाएपनि परिमार्जित बिदाको बारेमा मन्त्रिपरिषद्ले केही निर्णय नगरेकाले पहिलेको व्यवस्था नै लागू हुने गृह मन्त्रालयका प्रवक्ता पोखरेल बताउनु भयो ।

कोभिड– १९ संक्रमण पुष्टि भएका सरकारी तथा अर्ध सरकारी निकाय एवं कार्यालयमा कार्यरत कर्मचारीले पुनः कोभिड बिदा लिन पाउने भएका छन् ।

कोभिड पुष्टि भएर आइसोलेसन बस्नुपर्ने भए बढीमा १४ दिन र अस्पताल भर्ना हुनुपर्ने भए सो अवधिभर नै कर्मचारीले बिदा पाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका आन्तरिक व्यवस्थापन शाखाका प्रमुख दशरथराम ओडले जानकारी दिनुभयो ।

त्यसको लागि कोभिड पोजेटिभ भएको रिपोर्ट कार्यालयमा अनिवार्य पेश गर्नुपर्ने छ । कोरोना संक्रमण राष्ट्रिय रुपमै सिर्जित रोग भएकाले संक्रमित कर्मचारीले मन्त्रिपरिषद्को निर्णय अनुसार नै बिदा पाउने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले भने कोरोना संक्रमित भए बढीमा सात दिन आइसोलेसनमा बसे पुग्ने जनाएपनि परिमार्जित बिदाको बारेमा मन्त्रिपरिषद्ले केही निर्णय नगरेकाले पहिलेको व्यवस्था नै लागू हुने गृह मन्त्रालयका प्रवक्ता पोखरेल बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्