काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठकमा नाराबाजी गरेको छ ।
सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको हो ।
बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने बताएलगतै सांसदहरुले रोष्टम घेराउ गरेका थिए ।

उनीहरुले संसदीय मर्यादा कायम राख्न, राजधानी विशेष समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेका छन् ।
कांग्रेसको अवरोधका कारण २ बजेसम्म स्थगित भएको बैठक अहिले सुरु भएको छ तर बैठकमा कांग्रेस सांसदहरुले कुर्सी फालाफाल गरेका छन् ।